spot_img

प्रधानमन्त्रीको निर्देशनअनुसार शासकीय सुधारका कार्यसूचीमा केन्द्रित छौँ : स्वास्थ्यमन्त्री मेहता

spot_img
spot_img

काठमाडौं.२४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारसँग सम्बन्धित सय बुँदे कार्यसूची कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन्।

आइतबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा मन्त्री मेहताले प्रधानमन्त्री बालेन्द्र साहको निर्देशनअनुसार उक्त कार्यसूचीलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित मन्त्रालय केन्द्रित भएर काम गरिरहेको जानकारी दिइन्।

उनले मन्त्रालयमा सुधार गर्नुपर्ने धेरै क्षेत्र रहेको स्वीकार गर्दै आगामी दिनमा सेवा प्रवाह, प्रशासनिक सुधार तथा नीतिगत कार्यान्वयनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। मन्त्रालयले विज्ञ, सञ्चारकर्मी तथा सरोकारवाला पक्षबाट प्राप्त सुझावलाई समेत प्राथमिकताका साथ समेटेर अघि बढ्ने उनको भनाइ थियो।

मन्त्री मेहताले मन्त्रालय र सञ्चारमाध्यमबीच नियमित संवादको आवश्यकता औँल्याउँदै अब प्रत्येक १५ दिनमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने योजना रहेको बताइन्।

“हाम्रो मुख्य ध्यान शासकीय सुधारका सय बुँदे कार्यसूची कार्यान्वयनमा केन्द्रित थियो। त्यसैले नियमित रूपमा सञ्चारकर्मीसँग भेटघाट गर्न नसक्यौँ। अब यसलाई निरन्तरता दिँदै समय–समयमा मन्त्रालयका गतिविधिबारे जानकारी गराउनेछौँ,” मन्त्री मेहताले भनिन्।

उनले सञ्चारकर्मीबाट प्राप्त गुनासा, सुझाव र प्रतिक्रियालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै सुधारका लागि आवश्यक कदम चालिने बताइन्। मन्त्रालयका कमजोरी र सबल पक्षबारे आफूहरू स्पष्ट रहेको भन्दै प्राप्त सुझावलाई आत्मसात् गरेर काम अघि बढाइने उनको भनाइ थियो।

मन्त्री मेहताले मन्त्रालयसँग सम्बन्धित विभिन्न गुनासा तथा सेवाग्राहीका समस्याहरू क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिन्।

उनका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिँदै आफ्नो कार्यसम्पादनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय