spot_img

रास्वपा पर्सामा सभापति पदका लागि दुई सांसद आमनेसामने, प्रतिस्पर्धा रोचक

spot_img
spot_img

वीरगन्ज,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला नेतृत्व चयनका लागि हुने निर्वाचन झन् रोचक बनेको छ। जिल्ला सभापति पदका लागि दुई प्रतिनिधिसभा सदस्य नै आमनेसामने भएपछि प्रतिस्पर्धा तीव्र भएको हो।

सभापति पदका लागि सांसद हरि पन्त र सुशिलकुमार कानुले उम्मेदवारी दर्ता गराएका छन्। दुवै नेताले आफ्ना-आफ्ना प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि आन्तरिक प्रतिस्पर्धा चर्किएको देखिएको छ।

निर्वाचन समितिका अनुसार मनोनयन दर्ता प्रक्रिया सोमबार बिहान सुरु भई सम्पन्न भइसकेको छ। अब उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो १ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ।

उम्मेदवारी दर्तासँगै दुवै पक्षले चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनीहरूले कार्यकर्तासँग भेटघाट, छलफल र समर्थन माग्ने क्रम बढाएका छन्।
दुई सांसदबीचको प्रत्यक्ष भिडन्तले रास्वपा पर्साको नेतृत्व चयनलाई प्रतिष्ठाको लडाइँका रूपमा लिइएको छ। अब कसले जिल्ला नेतृत्व सम्हाल्ने भन्ने विषयले पर्साको राजनीतिक वृत्तमा विशेष चासो उत्पन्न गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय