spot_img

मधेस मुद्दामा जनमतको दबाब, सरकारलाई ज्ञापनपत्र बुझाइयो

spot_img
spot_img

काठमाडाैं,२५ जेठ । सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न राजनीतिक सम्झौता कार्यान्वयन गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

पार्टीका महासचिव चन्दनकुमार सिंहका अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत बुझाइएको ज्ञापनपत्रमा मधेस, थरूहट तथा स्वराज आन्दोलनका क्रममा सरकारसँग भएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझाउनुअघि पार्टीका अध्यक्ष राउतसहित नेता–कार्यकर्ताले माइतीघर मण्डलमा प्रदर्शनसमेत गरेका थिए।

जनमतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिन तथा बन्दीहरूलाई रिहा गर्न माग गरेको छ। साथै, सुरक्षा निकायमा समावेशिता सुनिश्चित गर्दै मधेसी, थारू र मुस्लिम समुदायको समानुपातिक सहभागिता बढाउनुपर्ने उल्लेख गरिएको छ।

पार्टीले प्रदेशलाई पूर्ण स्वायत्तता दिनुपर्ने, प्रहरी संरचना प्रदेश मातहत ल्याउनुपर्ने तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग पनि अघि सारेको छ।

त्यसैगरी संविधान संशोधन, मधेसमा हुने विभेद अन्त्य, किसान र बेरोजगार युवाका समस्या समाधान, वैदेशिक रोजगारीमा रहेका नेपालीका अधिकार सुनिश्चित गर्नेलगायतका विषय पनि ज्ञापनपत्रमा समेटिएका छन्।

जनमतले विकास निर्माणका काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्न र आन्दोलनरत पक्षसँग संवादको वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय