spot_img

तीन दिनदेखि हराइरहेका बालक पोखरीमा मृत फेला

spot_img
spot_img

बीरगन्ज,२५ जेठ । महोत्तरीको सम्सी गाउँपालिका–५, पोखरभिण्डाका तीन वर्षीय बालक मनिकेश कुमार यादव तीन दिनपछि मृत अवस्थामा फेला परेका छन्।
जेठ २२ गते शुक्रबार साँझ घर छेउमा खेल्ने क्रममा हराएका मनिकेशको खोजी परिवार र प्रहरीले निरन्तर गर्दै आएका थिए। तर, उनी फेला नपरेपछि खोजतलास तीव्र पारिएको थियो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आइतबार बालकको शव सम्सी गाउँपालिका–५ स्थित ब्रह्मस्थान नजिकै रहेको राजकिशोर तेलीको पोखरीमा पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो।

प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शव बोरामा बाँधिएको अवस्थामा भेटिएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले शव बाहिर निकालेपछि पहिचान गरिएको हो।

शव बोरामा बाँधिएको अवस्थामा फेला परेकाले बालकको हत्या गरी पोखरीमा फालिएको हुन सक्ने प्रारम्भिक आशंका प्रहरीले गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय