spot_img

अर्थमन्त्रीमाथि छानबिन र राजद्रोह मुद्दाको माग गर्दै राप्रपा नेता शाहीको आरोप

spot_img
spot_img

काठमाडौँ,२५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले अर्थमन्त्रीमाथि गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्। उनले करका दर हेरफेरसम्बन्धी संवेदनशील सूचना बाहिरिएको विषयमा अर्थमन्त्री नै जिम्मेवार हुन सक्ने भन्दै आवश्यक परे राजद्रोहको मुद्दासमेत चलाउनुपर्ने बताएका हुन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले कर दर परिवर्तनबारेको जानकारी अर्थमन्त्री बाहेक अन्य व्यक्तिलाई थाहा हुने अवस्था नहुने भएकाले यस प्रकरणलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले माथि तत्काल छानबिन आवश्यक रहेको उल्लेख गर्दै भने, “यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ र राजद्रोहको मुद्दा लाग्नुपर्छ।”

शाहीले कोरला र रसुवागढी नाकाबाट कर छलीका गाडीहरू प्रवेश भइरहेको दाबी गर्दै कर दर हेरफेरसम्बन्धी सूचना कसरी बाहिरियो भन्ने विषयमा प्रश्न उठाए। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय