काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीको केन्द्रीय सदस्य चयनका लागि जारी निर्वाचनमा मतदान गरेका छन्।
चितवनको भरतपुर मा गत असार ७ गतेदेखि जारी रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान जारी रहँदा सभापति लामिछानेले पनि आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
महाधिवेशनको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको थियो। तर महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारहरूको अन्तिम टुंगो लगाउन समय लागेका कारण मतदान प्रक्रिया निर्धारित समयभन्दा ढिलो गरी अघि बढाइएको थियो।
रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ।




