spot_img

सुवर्ण गाउँपालिकाले ल्यायो ४३ करोड २६ लाखको बजेट

spot_img
spot_img

बारा,११ असार । बाराको सुवर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४३ करोड २६ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँ सभाको १७औँ अधिवेशनमार्फत प्रस्तुत गरिएको बजेट विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रलाई केन्द्रमा राखेर तयार गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँ कार्यपालिकाको कार्यालय कवही गोठमा आयोजित सभामा गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकतालाई आधार बनाएर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार आगामी वर्ष दिगो विकासका कार्यक्रम सञ्चालन, रोजगारीका अवसर सिर्जना तथा नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तर सुधारलाई विशेष प्राथमिकतामा राखिएको छ। साथै गाउँपालिकाभित्रका विभिन्न विकास आयोजना तथा आधारभूत सेवा विस्तारका कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ।

गाउँ सभामा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रस्तुत बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए गाउँपालिकाको समग्र आर्थिक, सामाजिक तथा भौतिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय