spot_img

टीआरएस सर्वेक्षणमा सहभागी हरिखेतान क्याम्पसका विद्यार्थी सम्मानित

spot_img
spot_img

बीरगन्ज,११ असार । हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई बीरगन्ज भन्सार कार्यालयमा सञ्चालन गरिएको टाइम रिलिज स्टडी (TRS) सर्वेक्षणमा सहभागिता जनाएको अवसरमा प्रमाणपत्र वितरण गरिएको छ।

गत चैत २२ देखि २८ गतेसम्म सञ्चालन भएको उक्त सर्वेक्षणमा क्याम्पसका करिब २० जना विद्यार्थीहरूले गणनाकर्ताका रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए। सर्वेक्षणको सफलतामा योगदान पुर्‍याएको भन्दै उनीहरूको मेहनत, इमानदारिता र समर्पणको कदरस्वरूप प्रमाणपत्र प्रदान गरिएको हो।

समापन समारोहलाई सम्बोधन गर्दै बीरगन्ज भन्सार कार्यालयका प्रमुख काजीबाबु कोइरालाले विद्यार्थीहरूको सहभागिताले उनीहरूलाई व्यवहारिक अनुभव र पेशागत ज्ञान हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताए। उनले यस्ता अध्ययन तथा सर्वेक्षणले भन्सार प्रक्रियाको प्रभावकारिता मूल्याङ्कन गर्न सहयोग पुग्ने उल्लेख गर्दै क्याम्पस परिवारप्रति आभार व्यक्त गरे।

कार्यक्रम डा. रामऔतार खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लेखनाथ भट्टराई, हरि गौतम, राजु कार्की तथा जयप्रकाश खेतानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरू, विशेषगरी मुस्कान सिंह लगायतलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको सञ्चालन शिक्षक रामप्रसाद चापागाईंले गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई कक्षाकोठाभन्दा बाहिर व्यावहारिक ज्ञान र कार्यअनुभव हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय