काठमाडौं,११ असार । काठमाडौं महानगरपालिका–१६ मित्रनगरस्थित एक गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार गल्फ ओएसिस गेस्ट हाउसको कोठा नम्बर ४०१ मा बिहान ४६ वर्षीय पुरुषको शव फेला परेको हो। मृतक दाङको बबई गाउँपालिका–६ का ओमप्रकाश बोहरा भएको पुष्टि गरिएको छ।
घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले घटनाको कारणबारे प्रारम्भिक रूपमा केही नखुलेको बताउँदै विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको पनि जनाइएको छ।




