spot_img

प्रदेशसभा खारेजीको प्रस्तावमा बाबुरामको कडा आपत्ति

spot_img
spot_img

बीरगन्ज,११ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा खारेजीको प्रस्तावप्रति गम्भीर असहमति जनाउँदै त्यसलाई ठूलो राजनीतिक भूलको संज्ञा दिएका छन्।

रास्वपाको महाधिवेशनबाट प्रदेश संरचना खारेजीसम्बन्धी प्रस्ताव पारित भएपछि प्रतिक्रिया दिँदै भट्टराईले संघीय व्यवस्थालाई कमजोर बनाउने कुनै पनि प्रयासले मुलुकलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिएका हुन्।

उनले संघीयता नेपालको संविधानले अंगीकार गरेको महत्वपूर्ण राजनीतिक उपलब्धि भएकाले त्यसलाई खारेज गर्ने विषयमा हतारमा निर्णय गर्न नहुने बताएका छन्। प्रदेश संरचना समाप्त गर्ने प्रयासले जातीय, क्षेत्रीय तथा राजनीतिक असन्तुष्टि बढाउन सक्ने र त्यसले मुलुकमा नयाँ संकट निम्त्याउन सक्ने उनको भनाइ छ।

भट्टराईले संविधान संशोधनजस्तो संवेदनशील विषयमा व्यापक राष्ट्रिय सहमति आवश्यक पर्ने उल्लेख गर्दै त्यस्तो सहमति नबन्दासम्म राजनीतिक दलहरूले सुशासन, विकास र जनजीविकाका मुद्दामा केन्द्रित हुनु उपयुक्त हुने बताएका छन्।

उनले एकल निर्णय वा आवेगमा आधारित राजनीतिक एजेन्डाले दीर्घकालीन असर पार्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। प्रदेशसभा खारेजीको बहसलाई लक्षित गर्दै उनले ‘नदुखेको कपाल डोरीले बाँधेर दुखाउनु’ जस्तै कदम हुन सक्ने टिप्पणीसमेत गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय