spot_img

जंगली च्याउ खाँदा दोलखामा एकै परिवारका ६ जना बिरामी

spot_img
spot_img

दोलखा,११ असार । दोलखाको भीमेश्वर नगरपालिका–८ बोचमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार स्थानीय जिरी माया तामाङको घर नजिकैको बारीमा उम्रिएको च्याउ पकाएर खाएपछि परिवारका सदस्यहरू बिरामी भएका हुन्।

च्याउ सेवन गरेपछि स्वास्थ्यमा समस्या देखिएसँगै उनीहरूलाई तत्काल उपचारका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले जंगली च्याउको विषाक्तताका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

विशेषज्ञहरूले जंगली च्याउको पहिचान गर्न कठिन हुने भएकाले परीक्षण नगरिएका च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय