spot_img

रास्वपा केन्द्रीय समिति निर्वाचन सम्पन्न, प्रवासी मतदानका कारण नतिजा सार्वजनिक हुन ढिलाइ

spot_img
spot_img

काठमाडौँ,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ। मतदान प्रक्रिया सकिए पनि प्रवासमा रहेका प्रतिनिधिहरूको मतदान जारी रहेकाले अन्तिम नतिजा सार्वजनिक हुन केही ढिलाइ भएको छ।

निर्वाचन आयोगका अनुसार कुल ३ हजार ८५९ प्रतिनिधिमध्ये ३ हजार ८४९ जनाले मतदान गरेका छन्। विदेशमा रहेका १६३ प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गरिरहेकाले मतगणना तथा नतिजा घोषणा प्रक्रिया केही समय पछि सारिएको हो।

निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार दिउँसो ३ बजेसम्म मतदानको सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको छ भने हाल मतदाता विवरण रुजु गर्ने काम भइरहेको छ। विद्युतीय प्रणालीमार्फत भएको मतदानको सम्पूर्ण तथ्याङ्क संकलन कार्य पनि पूरा भइसकेको प्राविधिक टोलीले जनाएको छ।

आयोगले प्रवासी प्रतिनिधिहरूको मतदान सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक गरिने जनाएको छ।

रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ३७९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। तीमध्येबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

चितवनमा गत आइतबारदेखि जारी रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय