spot_img

बीरगन्जमा ‘रोजगार मेला–२०८३’ आयोजना हुँदै

spot_img
spot_img

बीरगन्ज,१२ असार । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI), नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश र बीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आगामी असार २१ गते बीरगन्जमा ‘रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ।

आयोजकहरूले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै यो मेला परम्परागत रोजगार मेलाभन्दा फरक प्रकृतिको हुने बताएका छन्। मधेश प्रदेशको सीप आवश्यकताको मूल्यांकन (Skill Needs Assessment) तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीच रहेको सीपको खाडल कम गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जनाइएको छ।

बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षले मुलुकको प्रमुख चुनौतीमध्ये बेरोजगारी पनि एक रहेको उल्लेख गर्दै युवालाई उपलब्ध रोजगारका अवसरसँग जोड्न रोजगार मेला प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रम संयोजक तथा संघका सहसचिव अनुप अग्रवालले मेलामा रोजगारदाता, रोजगार खोज्ने युवा, तालिम प्रदायक संस्था तथा रोजगार सेवा केन्द्रलाई एउटै थलोमा ल्याइने बताए। उनका अनुसार मेलामार्फत रोजगारीका अवसर विस्तार गर्नुका साथै आवश्यक जनशक्ति र रोजगार खोज्ने व्यक्तिबीच प्रभावकारी समन्वय गरिनेछ।

मेलामा विभिन्न संस्थाका रिक्त पदको जानकारी, आवेदन दर्ता, उम्मेदवार छनोट, करियर परामर्श, रोजगार मिलान सेवा तथा आवश्यकताअनुसार सीप विकास तालिमका लागि सिफारिससमेत गरिने कार्यक्रम रहेको छ।

रोजगार मेला अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) नेपालको रोजगार सेवा केन्द्रको सहयोग तथा वीरगञ्ज महानगरपालिका, Leadership Development Institute र HR Society Nepal–मधेश च्याप्टरको सहकार्यमा आयोजना हुन लागेको हो। रोजगारदाता संस्था, उपलब्ध रोजगारीका अवसर तथा दर्ता प्रक्रियासम्बन्धी विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय