spot_img

महाधिवेशनले संसद् प्रभावित भएपछि हर्क साम्पाङले उठाए प्रश्न

spot_img
spot_img

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशनका कारण प्रतिनिधि सभाको बैठक पटक–पटक स्थगित भएपछि राजनीतिक वृत्तमा बहस चर्किएको छ।

पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया लम्बिँदा संसद्को नियमित कामकारबाही प्रभावित भएको विषयलाई लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा आपत्ति जनाएका छन्।

संसद् जस्तो देशको सर्वोच्च नीति निर्माण थलो र एउटा राजनीतिक दलको अधिवेशनबीचको प्राथमिकतामाथि प्रश्न उठाउँदै उनले “देश ठूलो कि पार्टी?” भन्दै गम्भीर टिप्पणी गरेका छन्।

साम्पाङले महाधिवेशनका कारण संसद् बैठक पटक–पटक सारिनु आपत्तिजनक भएको भन्दै सभामुख डिपी अर्याललाई लक्षित गर्दै सदनलाई ‘बन्दी’ नबनाउन आग्रह गरेका छन्।

उनले व्यङ्ग्यात्मक शैलीमा भनेका छन्, “तपाईंहरूको अधिवेशनका कारण यतिका दिन यस्तै भयो, अब म दार्चुलातिर लागेँ। बैठक राख्ने नै भए अब १९ गते मात्रै राख्नुहोला।”

संसदजस्तो गरिमामय संस्थाको कामकाज दल विशेषको आन्तरिक तालिकाका कारण प्रभावित हुनु लोकतान्त्रिक अभ्यासका लागि उचित नभएको उनको भनाइ छ।

यस घटनाले संसद्को कार्यक्षमता र मर्यादामाथि प्रश्न उठाएको भन्दै विभिन्न पक्षबाट समेत आलोचना भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय