spot_img

बीरगन्जमा मोहरम (दाहा) ताजिया जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न

spot_img
spot_img

बीरगन्ज,१२ असार । मुस्लिम समुदायको धार्मिक पर्व मोहरम (दाहा) को अवसरमा बीरगन्जमा शुक्रबार ताजिया जुलुस शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

बिभिन्न टोल तथा नयाँटोल मुर्ली–१२ र १३ दाहा कमिटीको आयोजनामा निकालिएको जुलुस मुर्ली चोकबाट सुरु भई घण्टाघरसम्म पुगेको थियो। धार्मिक आस्था र परम्पराअनुसार निकालिएको उक्त जुलुसमा मुस्लिम समुदायका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

सहभागीहरूले परम्परागत विधिअनुसार ताजिया प्रदर्शन गर्दै मोहरम पर्व श्रद्धा र आस्थासहित मनाएका थिए।

जुलुसलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो। सुरक्षाकर्मीको निगरानीमा कुनै अप्रिय घटना बिना नै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।

इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्वका रूपमा रहेको मोहरममा इमाम हुसैन र करबलाको ऐतिहासिक घटनाको स्मरण गरिन्छ। यस अवसरमा विभिन्न स्थानमा ताजिया जुलुस निकाल्ने परम्परा रहिआएको छ।

वीरगञ्जमा प्रत्येक वर्षझैं यस वर्ष पनि मोहरम (दाहा) पर्व श्रद्धा, धार्मिक आस्था र सामाजिक सद्भावका साथ मनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय