spot_img

सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षीलाई पक्राउ गरिरहेको छ : रामकुमारी झाँक्री

spot_img
spot_img

काठमाडौं,१२ असार। नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना पार्टीका नेतामाथि लागेका फौजदारी मुद्दा फिर्ता लिने तर विपक्षी दलका नेताहरूमाथि पक्राउ र कारबाहीको नीति अपनाएको आरोप लगाएकी छन्।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै झाँक्रीले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा विपक्षी नेतामाथि कारबाही गरिरहेको दाबी गरिन्। उनले सरकार आफ्ना नेतालाई संरक्षण गर्ने र प्रतिस्पर्धी राजनीतिक दलका नेताहरूलाई निशाना बनाउने काममा लागेको टिप्पणी गरिन्।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको घटनालाई उल्लेख गर्दै उनले केवल एक जनाको बयानका आधारमा पक्राउ गर्नु न्यायोचित नभएको बताइन्। ‘सोधपुछका लागि जहिले पनि उपस्थित हुन सक्ने व्यक्तिलाई पक्राउ गर्नु आवश्यक थिएन,’ उनले भनिन्।

झाँक्रीले सरकार विपक्षी दलका नेताहरूलाई दबाबमा राख्न बङ्गलादेश र पाकिस्तानको मोडल अपनाउन खोजिरहेको आरोपसमेत लगाइन्।

उनले सरकारले ‘एक्सप्रेस वे’ शैलीमा एकपछि अर्को गलत निर्णय गर्दै गएको दाबी गर्दै मुलुकलाई दुर्घटनातर्फ धकेल्ने काम भइरहेको टिप्पणी गरिन्।
साथै, भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का घटनाबारे निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न पनि उनले सरकारसँग माग गरिन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय