spot_img

रास्वपा केन्द्रीय सदस्यमा पर्साका दुई उम्मेदवार निर्वाचित

spot_img
spot_img

वीरगन्ज,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय समिति निर्वाचनमा पर्सासँग सम्बन्धित तीन उम्मेदवारमध्ये दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

रास्वपा पर्साका सभापति तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तका अनुसार पर्साबाट उम्मेदवारी दिएका रहबर अन्सारी र सुनिता चौधरी विजयी भएका छन् भने रामबाबु कुमार सिंह पराजित भएका छन्।

मुस्लिम क्लस्टरतर्फ उम्मेदवारी दिएका रहबर अन्सारीले १ हजार ४७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका हुन्। बारा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अन्सारीको स्थायी बसोबास भने पर्साको वीरगञ्ज महानगरपालिका–१४ मा रहेको छ।

त्यस्तै, पर्साको पकाहामैनपुर गाउँपालिका–१, धोरे निवासी सुनिता चौधरीले भूगोलतर्फ मधेश प्रदेशबाट उम्मेदवारी दिँदै १ हजार ३०७ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

यता, भूगोलतर्फ मधेश प्रदेशबाटै उम्मेदवारी दिएका युवा नेता रामबाबु कुमार सिंहले ३९७ मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन्। चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न मतदानबाट नयाँ केन्द्रीय समिति चयन गरिएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय