काठमाडौं,१२ असार । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। शुक्रबारका लागि तय गरिएको बैठक सूचना टाँसेर स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।
यसअघि बैठक शनिबार बिहान ११ बजे बस्ने गरी तय गरिएको थियो। तर, पुनः सूचना जारी गर्दै सचिवालयले बैठक स्थगित गरिएको जानकारी दिएको हो।
संसद् सचिवालयले बैठक स्थगित गर्नुको कारण ‘विशेष कारण’ रहेको उल्लेख गरे पनि विस्तृत कारण खुलाएको छैन। नयाँ सूचनाअनुसार प्रतिनिधिसभाको अर्को बैठक अब आइतबार बस्नेछ।




