spot_img

देशभर मनसुन फैलिन अझै ४–५ दिन लाग्ने, तराईमा गर्मी कायमै

spot_img
spot_img

काठमाडाै,१३ असार । यस वर्ष ६ दिन ढिलो गरी असार ५ गते नेपाल भित्रिएको मनसुन अझै देशभर फैलिन सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी प्रणाली हाल कोशी, मधेश र बागमती प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मात्र सक्रिय छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।

महाशाखाले मनसुन देशभर फैलिन अझै करिब ४–५ दिन लाग्न सक्ने जनाएको छ। मनसुन पूर्ण रूपमा सक्रिय हुन नसक्दा विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अत्यधिक गर्मी बढेको छ। शनिबार पनि ती क्षेत्रका केही स्थानमा तातो लहर (हीटवेभ) रहने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

शनिबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ। पछिल्लो एक घण्टामा चितवनको सिलिङ्गेमा १९.८ मिलिमिटर, रूपन्देहीको सैनामैनामा १४.२ मिलिमिटर र बैतडीको गोठालापाटीमा १५.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा प्यूठानको सेउलीबाङमा ९९.८ मिलिमिटर र देवघाट क्षेत्रमा ८५.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ। देशका अन्य विभिन्न स्थानमा पनि हल्कादेखि भारी वर्षासम्म भएको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशीको तराई, मधेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

शनिबार राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय