spot_img

एकैदिन २१ लाखभन्दा बढी ट्राफिक राजस्व, २,१०२ चालक कारबाहीमा

spot_img
spot_img

काठमाडौं,१३ असार । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २,१०२ जना सवारीचालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। कारबाहीबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा परेकामध्ये ८९ जना मादकपदार्थ सेवन गरी सवारी चलाएको, १०८ जना नियमविपरीत राइड सेयरिङ गरेको, ९९ जनाले ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गरेको र ८३ जनाले तीव्र गतिमा सवारी चलाएको भेटिएका छन्।

त्यसैगरी, ५९ जनाले लेन अनुशासन उल्लङ्घन गरेका, १०० जनाले निषेधित क्षेत्रमा हर्न बजाएका, दुई जना लागुपदार्थ सेवन गरेर सवारी चलाएको अवस्थामा पक्राउ परेका तथा ७८ जनाले एकतर्फी सडकमा सवारी सञ्चालन गरेका कारण कारबाहीमा परेका हुन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १,४८४ जना चालक पनि कारबाहीको दायरामा आएका छन्।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। साथै, दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय