spot_img

छोराको कुटपिटबाट आमाको मृत्यु

spot_img
spot_img

काठमाडौं,१३ असार । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भातेढिकुरमा बसोबास गर्दै आएकी ४० वर्षीया मेघिया चौधरीमाथि शुक्रबार साँझ करिब ७:४५ बजे उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए।

गम्भीर घाइते भएकी मेघियालाई तत्काल सूर्यविनायक नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार राति करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न रहेका मृतकका छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय