spot_img

ऋण लगानी बढ्दा पनि वैशाखमा ७ हजारभन्दा बढी कर्जा खाता बन्द

spot_img
spot_img

काठमाडौं,१३ असार । चालु आर्थिक वर्षको वैशाख महिनामा बैंक तथा वित्तीय संस्थाले करिब १ अर्ब रुपैयाँ नयाँ ऋण लगानी थप गरेका छन्। यससँगै चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ। तर ऋण लगानी बढे पनि वैशाखमा ७ हजार १७७ कर्जा खाता बन्द भएका छन्।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा कर्जा खाताको संख्या २० लाख ३७ हजार ४३५ मा झरेको छ, जबकि चैतसम्म यो संख्या २० लाख ४४ हजार ६१२ थियो।

बैंकरहरूका अनुसार नयाँ कर्जाको माग अपेक्षाअनुसार नबढ्नु, पुराना तथा लामो समयदेखि निष्क्रिय रहेका कर्जा खाता बन्द गर्नु, कर्जा स्वीकृत भए पनि रकम नलिएका ग्राहकले खाता बन्द गर्नु तथा बैंकहरूको शाखा मर्जरजस्ता कारणले कर्जा खाताको संख्या घटेको हो।

बैंकिङ क्षेत्रका अधिकारीहरूका अनुसार यो अवस्था कर्जा असुली उल्लेख्य रूपमा बढेको संकेत भने होइन। नियमित रूपमा कर्जा चुक्ता भएका, अपलेखन गरिएका वा प्रक्रिया पूरा नभएका निष्क्रिय खाताहरू बन्द गरिएकाले संख्या घटेको हो।

यसअघि पनि चालु आर्थिक वर्षको कात्तिक महिनामा ४ हजारभन्दा बढी कर्जा खाता घटेको थियो। यद्यपि वैशाखमा कर्जा खाता घटे पनि निक्षेप खाताको संख्या भने ३ लाखभन्दा बढीले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय