spot_img

होल्डिङ सेन्टर खाली गर्ने सरकारी निर्देशनविरुद्ध सुकुमवासीको प्रदर्शन

spot_img
spot_img

काठमाडौं,१३ असार । विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूले सरकारको स्थान खाली गर्ने निर्देशनको विरोधमा आज काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।

सरकारले १९ असारभित्र होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले दिउँसो २ बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकाल्ने कार्यक्रम तय गरेका हुन्।

सुकुमवासीहरूका अनुसार वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित गर्न खोजिएको भन्दै सरकारको निर्णय अव्यावहारिक र अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ। उनीहरूले निर्णय फिर्ता लिन, उचित आवासको व्यवस्था गर्न र दीर्घकालीन समाधान खोज्न माग गर्ने बताएका छन्।

प्रदर्शनका कारण माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा केही समय सवारी आवागमन प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय