spot_img

साउदीमा नेपाली श्रमिकको सिप प्रमाणीकरण तत्काल स्थगन गर्न नेपालको आग्रह

spot_img
spot_img

काठमाडौं,१३ असार । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले साउदी अरब सरकारले लागू गर्न लागेको नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्।

नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. म्निखर र प्रथम सचिव अब्दुल रहमान के. घोषोमसँग भएको शिष्टाचार भेटमा मन्त्री यादवले नयाँ व्यवस्थाका कारण साउदी जाने तयारीमा रहेका नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित हुन नहुने र रोजगारीमा कुनै अवरोध आउन नदिनुपर्नेमा जोड दिए।

उनले हाल साउदी जान अन्तिम तयारीमा रहेका धेरै नेपाली श्रमिक सिप प्रमाणीकरणसम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै उनीहरूको रोजगारी सुरक्षित हुने वातावरण बनाउन साउदी सरकारको ध्यानाकर्षण गराए।

मन्त्री यादवले सिप प्रमाणीकरणजस्तो महत्वपूर्ण विषय दुवै देशबीच आपसी सहमति र स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्ने धारणा पनि राखेका थिए।

भेटका क्रममा साउदी राजदूतले नेपालको आग्रहबारे आफ्नो सरकारसँग आवश्यक छलफल र परामर्श गरी यस विषयमा छिट्टै जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय