spot_img

ठोरीमा वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी एकदिने गोष्ठी सम्पन्न

spot_img
spot_img

बीरगन्ज,१३ असार । पर्साको ठोरी गाउँपालिका–३, रामनगरस्थित सिंगल ट्री रिसोर्टमा वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा वन संरक्षण, वातावरणीय सन्तुलन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा सहभागीहरूलाई अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको थियो।

निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समिति, ठोरी–२ को आयोजनामा तथा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति, कसरा को सहयोगमा आयोजित गोष्ठीमा संरक्षण अभियानलाई समुदायसँग जोडेर प्रभावकारी बनाउने विषयमा विशेष छलफल भएको थियो।

कार्यक्रम निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीवन खड्काको सभापतित्व तथा ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा संरक्षण क्षेत्रमा सक्रिय स्थानीय अगुवा, सरोकारवाला तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि उपाध्यक्ष रेग्मीले ठोरी क्षेत्र वन र वन्यजन्तुको प्रभावबाट निरन्तर प्रभावित हुँदै आएको उल्लेख गर्दै संरक्षणबाट प्राप्त हुने लाभ स्थानीय समुदायसम्म पुग्नुपर्नेमा जोड दिइन्। उनले जनमुखी वन ऐन तथा व्यवहारिक कानुनी व्यवस्थाको अभावले स्थानीयमा संरक्षणप्रतिको उत्साह घट्दै गएको धारणा व्यक्त गरिन्।

त्यसैगरी आयोजक समितिका अध्यक्ष जीवन खड्काले वन, वन्यजन्तु तथा पर्यावरण संरक्षणमा स्थानीय समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय समुदाय, सरोकारवाला निकाय र सरकारी संस्थाबीच समन्वय तथा सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय