spot_img

प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको विरोधबीच सुरु

spot_img
spot_img

काठमाडौं,१४ असार । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन्।

सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउन खोज्नेबित्तिकै विपक्षी सांसदहरूले विरोध गरेका हुन्। विरोधमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सहभागी थिए।

विरोधका बीच सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई आफ्नो धारणा राख्न समय दिएका छन्। प्रतिनिधिसभा बैठकमा देखिएको यस विरोधको कारणबारे भने सांसदहरूले आफ्नो भनाइमार्फत स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय