spot_img

रास्वपाले बालबालिकालाई सदस्यता दिएको भन्दै संसद्मा कांग्रेसको आपत्ति

spot_img
spot_img

काठमाडौं,१४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू उठेर विरोध जनाएपछि सभामुखले समय दिएका थिए। त्यस क्रममा कांग्रेस सांसद रेनुका काउचाले बोल्दै रास्वपाको सदस्यता सूचीमा ठूलो संख्यामा बालबालिका समावेश भएको भन्दै प्रश्न उठाइन्।

उनका अनुसार रास्वपाको महाधिवेशन प्रतिवेदनमा करिब ३५ हजार २५७ जना १८ वर्षमुनिका सदस्य रहेको विवरण सार्वजनिक भएको छ, जुन कानुन विपरीत भएको उनको दाबी छ।

सांसद काउचाले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार १८ वर्ष पूरा नगरेका व्यक्तिले राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था रहेको स्मरण गराउँदै “रास्वपा संविधानभन्दा माथि छ र?” भन्दै प्रश्न गरेकी थिइन्।

नेपालको राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १४ अनुसार राजनीतिक दलको सदस्य बन्न नेपाली नागरिक हुनुका साथै १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान छ। त्यस्तै, बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरेको छ।

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनअनुसार रास्वपामा कुल ५ लाख २३ हजारभन्दा बढी सदस्य रहेकोमा करिब ६.७ प्रतिशत सदस्य १८ वर्षमुनिका रहेको उल्लेख गरिएको छ।

यस विषयमा रास्वपाका तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय