spot_img

प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ चितवनबाट होइन, सदनमै दिनुपर्छ : सांसद आरेन राई

spot_img
spot_img

काठमाडौं,१४ असार । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिको जवाफ संसद्बाटै दिनुपर्ने भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा चितवनलगायत बाह्य मञ्चबाट होइन, सार्वभौम संसद्मा नै स्पष्टता दिनुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्रीको भनिएको “राष्ट्रघाती अभिव्यक्ति” लाई लिएर लामो समयदेखि संसद्को रेकर्डबाट हटाउन माग गर्दै आए पनि सुनुवाइ नभएकोप्रति आपत्ति जनाए। उनका अनुसार यस्तो संवेदनशील विषयमा संसद्मा गम्भीर छलफल हुन आवश्यक छ।

सांसद राईले अभिव्यक्ति राष्ट्रहितमा छ कि छैन भन्ने कुरा सदनमै परीक्षण हुनुपर्ने बताए। यदि अभिव्यक्ति राष्ट्रहित विपरीत ठहरिएमा रेकर्डबाट हटाइनुपर्ने तर राष्ट्रहितअनुकूल भएमा त्यसलाई यथावत राख्नुपर्ने उनको भनाइ थियो।

उनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने मागसमेत गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय