spot_img

शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने उपराष्ट्रपति यादवको जोड

spot_img
spot_img

काठमाडौं,१४ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्दै अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको २५औं वार्षिकोत्सव (रजत वर्ष) कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले विश्वविद्यालय र कलेजहरूलाई केवल पठन–पाठनमा सीमित नराखी अनुसन्धान तथा उद्यमशीलतामुखी बनाउनुपर्ने बताएका हुन्।

उनले वर्तमान सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल नवाचारको युगमा युवाहरूले रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए।

उपराष्ट्रपति यादवका अनुसार शिक्षा प्रणालीलाई प्रमाणपत्रमुखीभन्दा पनि जीवन उपयोगी सीप, नवप्रवर्तन र व्यावहारिक क्षमतामा आधारित बनाउन आवश्यक छ। साथै, नैतिक मूल्य र आधारभूत आदर्शसँग जोडिँदै विश्वव्यापी प्रतिस्पर्धामा सक्षम जनशक्ति तयार गर्नुपर्ने उनको भनाइ थियो।

उनले समावेशी शिक्षालाई प्राथमिकता दिँदै ग्रामीण, पिछडिएको, दलित, जनजाति, मधेसी, थारू र मुस्लिम समुदायका बालबालिकालाई समान शैक्षिक अवसर सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय