spot_img

गृह मन्त्रालयको मान्छे’ भन्दै प्रहरीमा सेटिङ मिलाउन खोज्ने युवक पक्राउ

spot_img
spot_img

काठमाडौं,१४ असार । आफूलाई गृह मन्त्रालयसँग सम्बन्धित जिम्मेवार व्यक्ति भएको भन्दै प्रहरी कार्यालयमा अनधिकृत प्रभाव जमाउन र ‘सेटिङ’ मिलाउन खोज्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। प्रहरीले उनलाई काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयसँग आबद्ध रहेको परिचय दिँदै विभिन्न स्वार्थपूर्तिका लागि प्रहरी कार्यालयमा पहुँच र प्रभाव प्रयोग गर्न खोजेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा यस्तो गतिविधि पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल सिंहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय