spot_img

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मतिले पारित

spot_img
spot_img

काठमाडौं,१४ असार । प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक पारित गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लिने ऋण उत्पादनमूलक तथा पूर्वाधार विकासका आयोजनामा खर्च गरिने स्पष्ट पारे। उनका अनुसार विदेशी ऋण प्रायः पूर्वाधार परियोजनाका लागि लक्षित भएर आउने भएकाले यस्ता आयोजनाले आर्थिक गतिविधि विस्तार, दूरी घटाउने र लागत कम गर्ने भूमिका खेल्छन्।

यद्यपि, ऋणबाट निर्माण गरिएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान अवस्थाले अपेक्षित प्रतिफल दिन नसकेको उल्लेख गर्दै उनले यस्ता परियोजनाको प्रभावकारी निगरानी आवश्यक रहेको बताए।

यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले दर्ता गराएको संशोधन प्रस्ताव अस्वीकृत भएको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय