spot_img

एउटा निर्वाचनको हारले कम्युनिस्ट आन्दोलन सकिँदैन : पूर्वराष्ट्रपति भण्डारी

spot_img
spot_img

काठमाडौं, १५ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एउटा निर्वाचनको परिणामलाई आधार बनाएर नेपालको कम्युनिस्ट आन्दोलन समाप्त भएको निष्कर्ष निकाल्न नहुने बताएकी छन्। उनले निर्वाचनमा आएको हारलाई आत्मसमीक्षा, वैचारिक सुधार र संगठन सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन्।

मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै भण्डारीले पछिल्लो निर्वाचनको नतिजाले कम्युनिस्ट शक्तिहरूलाई गम्भीर समीक्षा गर्न बाध्य बनाएको उल्लेख गरिन्। विगतका उपलब्धिको स्मरण मात्र गरेर राजनीतिक यात्रा अघि बढ्न नसक्ने भन्दै उनले समयअनुकूल सोच, नीति र नेतृत्व विकास गर्नुपर्ने आवश्यकता औंल्याइन्।

उनले बदलिँदो पुस्ताको अपेक्षा, राष्ट्रिय आवश्यकता र समसामयिक राजनीतिक चुनौतीलाई मध्यनजर गर्दै कम्युनिस्ट आन्दोलनले आफूलाई रूपान्तरण गर्नुपर्ने बताइन्। नयाँ पुस्तासँग जोडिने नीति, कार्यक्रम र नेतृत्व विकास नगरे आन्दोलनको प्रभाव कमजोर हुन सक्ने उनको संकेत थियो।

भण्डारीले देशको शासकीय प्रणालीबारे चलिरहेको बहसमा पनि आफ्नो धारणा राख्दै नेपालको भूराजनीतिक अवस्था, सामाजिक विविधता र संवैधानिक संरचनालाई हेर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली मुलुकका लागि उपयुक्त नहुने निष्कर्ष आफूले निकालेको बताइन्।

उनले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउँदै राजनीतिक दलहरूले जनविश्वास पुनः स्थापित गर्न आत्मसमीक्षा, वैचारिक स्पष्टता र प्रभावकारी नेतृत्वमा जोड दिनुपर्ने आवश्यकता औंल्याइन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय