काठमाडौं,१५ असार । काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोलामा रहेको एक गोदाममा आगलागी हुँदा करिब १ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार पेप्सीकोलाको सूर्यमुखी चोकमा रहेको माँ ट्रेडर्स र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको हो। आगलागीबाट गोदाममा रहेका विभिन्न सामान जलेर नष्ट हुँदा १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणमा आएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। आगलागीको कारण भने हालसम्म खुल्न नसकेको जनाइएको छ।




