spot_img

रसुवागढी नाकामा दुई दिन मालवाहक सवारी सञ्चालन बन्द

spot_img
spot_img

रसुवा,१५ असार । नेपाल–चीन सीमा नाका रसुवागढीस्थित मितेरी पुलबाट सञ्चालन हुने मालवाहक सवारीसाधनको आवतजावत दुई दिनका लागि स्थगित गरिएको छ। बेलीब्रिजको प्राविधिक परीक्षणका लागि सोमबार र मंगलबार मालवाहक सवारी सञ्चालन रोकिएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत वर्ष असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि आवतजावत सहज बनाउन अस्थायी रूपमा बेलीब्रिज जडान गरिएको थियो। आगामी वर्षायाममा उक्त पुलबाट सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सकिने वा नसकिने भन्ने मूल्यांकन गर्न प्राविधिक परीक्षण गरिन लागिएको उनले बताए।

परीक्षण अवधिमा नेपालबाट चीनको केरुङतर्फ जाने तथा केरुङबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनको आवतजावत मात्र रोकिएको छ। स्थानीय बासिन्दा तथा कैलाश–मानसरोवर तीर्थयात्रुहरूको आवतजावतमा भने कुनै अवरोध नहुने प्रशासनले स्पष्ट पारेको छ।

इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार पुलको प्राविधिक परीक्षण सम्पन्न भएपछि मालवाहक सवारीसाधनको आवतजावत पुनः नियमित रूपमा सञ्चालन गरिनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय