spot_img

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेल विशेष अदालतमा उपस्थित

spot_img
spot_img

काठमाडौं,१५ असार । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका सिलसिलामा उनलाई अदालतमा उपस्थित गराइएको हो। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

विभागले आफ्नो पदको दुरुपयोग गर्दै व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा पौडेलमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

यसअघि पौडेलको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित निकायका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो। सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी अनुसन्धान प्रक्रिया जारी रहेको विभागले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय