spot_img

कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने अवस्था आएको छ : जनार्दन शर्मा

spot_img
spot_img

काठमाडौं,१५ असार । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको भन्दै त्यसलाई नयाँ ढंगबाट पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन आफ्नो मूल उद्देश्यबाट विचलित भएको टिप्पणी गरे।

उनले अहिले नेपालमा कम्युनिस्ट आन्दोलनभन्दा नेताहरू मात्र सक्रिय रहेको दाबी गर्दै विगतमा वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिको करिब ७० प्रतिशत जनमत रहे पनि अहिले त्यो आधार कमजोर बन्दै गएको बताए।

शर्माले कम्युनिस्ट पार्टीको नाममा गरिएका गतिविधिको समीक्षा गर्दै वर्तमान अवस्थाले आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन आवश्यक रहेको संकेत गरेको बताए।

उनका अनुसार वैज्ञानिक समाजवादको सिद्धान्तलाई आधार बनाएर वैचारिक, आर्थिक, सामाजिक तथा न्यायका दृष्टिले नयाँ ढंगले संगठन निर्माण गर्न सके मात्र कम्युनिस्ट आन्दोलनले पुनः जनविश्वास हासिल गर्न सक्नेछ।

शर्माले बदलिएको राजनीतिक परिवेशअनुसार कम्युनिस्ट आन्दोलनलाई पुनर्संरचना गर्दै नयाँ अभियानका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय