spot_img

विश्व भोजपुरी दिवस तथा कबीर जयंतीको अवसरमा राजेशमान सिंहद्धारा शुभकामना

spot_img
spot_img

वीरगन्ज,१५ असार । विश्व भोजपुरी दिवस तथा कबीर जयंतीको अवसरमा वीरगन्ज महानगरपालिकाका पूर्व नगर प्रमुख राजेशमान सिंहले सम्पूर्ण भोजपुरीभाषी समुदाय तथा नेपाली दाजुभाइ–दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।

सोमबार शुभकामना सन्देश जारी गर्दै प्रमुख सिंहले भोजपुरी भाषा, संस्कृति र पहिचानप्रति गर्व गर्दै यसको संरक्षण, संवर्द्धन र प्रचार–प्रसारका लागि सबैले साझा प्रयास गर्नुपर्ने बताएका छन्।

उनले भोजपुरी भाषा केवल सञ्चारको माध्यम नभई समृद्ध सांस्कृतिक सम्पदा र सामाजिक पहिचानको आधार भएको उल्लेख गर्दै यसको विकास र पुस्तान्तरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

साथै, सन्त कबीरको जयंतीले समाजमा मानवता, समानता, सद्भाव र सहिष्णुताको सन्देश फैलाउने विश्वास व्यक्त गर्दै ती आदर्शलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गरेका छन्।

शुभकामना सन्देशमा प्रमुख सिंहले भोजपुरी भाषा, साहित्य र संस्कृतिको समृद्धि, संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै विश्व भोजपुरी दिवस तथा कबीर जयंतीको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय