spot_img

पार्किङमा रहेको ई–लोडर आफैं चल्दा बारामा ६ वर्षीया बालिकाको मृत्यु

spot_img
spot_img

बीरगन्ज,१५ असार । बाराको महागढीमाई नगरपालिका–१ स्थित वडा कार्यालय अगाडि पार्किङमा राखिएको एक ई–लोडर अचानक चल्दा ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३० बजे वडा नं. १ कार्यालय अगाडि पार्किङ गरिएको म.प्र.०३–००२ स.२८६२ नम्बरको इलेक्ट्रिक ई–लोडरमा ५–७ जना बालबालिका खेलिरहेका बेला सवारीसाधन एक्कासि स्टार्ट भएर अगाडि बढेको थियो।

दुर्घटनामा स्थानीय सजाद मियाकी करिब ६ वर्षीया छोरी तबसुन खातुन गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको भए पनि चिकित्सकले बिहान ११ बजे मृत घोषणा गरेका थिए।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। साथै, पार्किङमा राखिएका सवारीसाधन सुरक्षित अवस्थामा राख्न तथा बालबालिकालाई त्यस्ता सवारीसाधन वरपर खेल्न नदिन अभिभावक र सवारीधनीलाई सचेत रहन आग्रह गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय