spot_img

बालेन शाहलाई गोली हान्ने धम्की दिने दुई युवक हतियारसहित पक्राउ

spot_img
spot_img

काठमाडौं,१५ असार । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई गोली प्रहार गर्ने धम्की दिएको आरोपमा धनुषाबाट दुई युवक हतियारसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टीका कमन यादव र सुधिर मुखिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार दुवै जना मदिरा तथा लागूऔषधको नशामा रहेका बेला बालेन शाहविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिँदै हिँडिरहेका थिए। उनीहरूले गाउँको विकास गर्ने आश्वासनमा विश्वास गरेर मत दिएको तर अपेक्षाअनुसार काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

उनीहरू नशाको अवस्थामा जथाभावी बोल्दै हिँडिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा दुवै जना मदिरा र लागूऔषधको प्रभावमा रहेको खुलेको छ। उनीहरूबाट बरामद गरिएको पेस्तोल र गोलीबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनीहरूले बालेन शाहविरुद्ध गोली प्रहार गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएको देखिएको छ। प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय