spot_img

नेपाल–भारत सीमाको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन

spot_img
spot_img

सप्तरी,१५ असार । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा सुरक्षा निकायको संयुक्त टोलीले आइतबार नेपाल–भारत सीमावर्ती क्षेत्रमा पुगेर सीमा स्तम्भको निरीक्षण तथा सुरक्षा अवस्थाको स्थलगत अनुगमन गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक खड्कासहितको टोलीले विभिन्न सीमावर्ती प्रहरी चौकी र सीमा सुरक्षा बल (बीओपी) को निरीक्षण गर्दै सीमा क्षेत्रको शान्ति–सुरक्षा, प्रहरी परिचालन तथा सुरक्षा व्यवस्थाबारे जानकारी लिएको थियो।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी थापाले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था अझ प्रभावकारी र व्यवस्थित बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभयो। उहाँले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, अपराध न्यूनीकरण तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा निकायबीच समन्वय र सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, प्रहरी उपरीक्षक खड्काले सीमावर्ती प्रहरी युनिटलाई नियमित गस्ती बढाउन, सूचनाको प्रभावकारी सङ्कलन गर्न तथा सम्भावित सुरक्षा चुनौतीको समयमै सामना गर्न उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।

प्रमुख जिल्ला अधिकारी थापाले सीमा स्तम्भको नियमित निरीक्षण र सीमावर्ती क्षेत्रको अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै यसले सीमा सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय