spot_img

अख्तियारविरुद्ध मेयर सिंहको रिट सर्वोच्चमा, मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

spot_img
spot_img

बीरगन्ज,१५ असार । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान तथा सम्भावित कारबाही रोक्न माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालत पुगेको छ।

मेयर सिंहले अख्तियारको कारबाही प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो मुद्दामा सोमबार पेसी तोकिएको भए पनि सर्वोच्च अदालतले उक्त निवेदनलाई ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ।

सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाललाई समेत विपक्षी बनाउँदै असार ८ गते रिट दर्ता गराएका थिए। प्रारम्भिक रूपमा आजको पेसी सूचीमा समावेश गरिएको मुद्दा प्राविधिक वा कानुनी कारण देखाउँदै तत्काल सुनुवाइ हुन नसक्ने गरी स्थगित गरिएको अदालत स्रोतले जनाएको छ।

यससँगै मेयर सिंहले दायर गरेको रिटमा तत्काल कुनै सुनुवाइ अघि नबढ्ने भएको छ भने मुद्दा अर्को पेसीमा कहिले जाने भन्नेबारे औपचारिक जानकारी आउन बाँकी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय