spot_img

विष्णु पौडेलको हिरासत थप तीन दिन लम्बियो

spot_img
spot_img

काठमाडौं,१६ असार । विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

मंगलबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानको आवश्यकतालाई ध्यानमा राख्दै म्याद थप गर्ने आदेश दिएको हो। यसअघि अदालतले उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि म्याद बढाउन अदालतमा निवेदन दिएको थियो। विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको जनाएको छ।

हाल पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको विभागले जनाएको छ। अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन र बयान प्रक्रिया पूरा गर्न अदालतबाट थप हिरासतको अनुमति प्राप्त भएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय