spot_img

काठमाडौं उपत्यकामा एकै दिन १,५९२ सवारीसाधन कारबाही, २० लाखभन्दा बढी राजस्व सङ्कलन

spot_img
spot_img

काठमाडौं,१६ असार । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५९२ सवारीसाधनलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७३ जना, राइड सेयरिङसम्बन्धी नियम उल्लंघन गर्ने ८७ जना, रातो बत्तीको संकेत बेवास्ता गर्ने ७४ जना तथा तीव्र गतिमा सवारी चलाउने ७८ जनामाथि कारबाही गरिएको छ।

त्यसैगरी, लेन अनुशासन उल्लंघन गर्ने ४७ जना, गाडीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रमा अनावश्यक हर्न बजाउने ५६ जना तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने ३२ जनालाई पनि कारबाही गरिएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लंघनका घटनामा १ हजार ५८ जना चालक तथा सवारीसाधन कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले पछिल्लो समय काठमाडौं उपत्यकाभित्र सडक अनुशासन कडाइका साथ कार्यान्वयन गर्दै नियम उल्लंघन गर्ने सवारीसाधनमाथि नियमित निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय