spot_img

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट

spot_img
spot_img

काठमाडौं,१६ असार । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य एक प्रतिशतभन्दा बढीले घटेको छ। अमेरिकामा ब्याजदर थप बढ्न सक्ने अपेक्षा र बलियो अमेरिकी डलरका कारण सुनको मूल्यमा दबाब परेको विश्लेषकहरूले बताएका छन्।

आज स्पट सुनको मूल्य १.५ प्रतिशतले घटेर प्रतिऔंस ३,९५६.९२ अमेरिकी डलरमा झरेको छ। अगस्ट महिनाका लागि अमेरिकी सुनको फ्युचर्स मूल्य पनि १.७ प्रतिशतले घटेर प्रतिऔंस ३,९६९.३० डलरमा पुगेको छ।

चालु महिनामा मात्रै सुनको मूल्य १२.७ प्रतिशतले घटिसकेको छ, जुन लगातार चौथो मासिक गिरावट हो। विश्लेषकहरूका अनुसार यो गिरावट सन् २००८ यताकै सबैभन्दा ठूलो मासिक मन्दीमध्ये एक मानिएको छ।

पश्चिम एसियामा जारी तनावका कारण ऊर्जा मूल्य बढेपछि महँगी थप चुलिन सक्ने अनुमान गरिएको छ। त्यसैका आधारमा अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर बढाउन सक्ने अपेक्षा बलियो बनेको छ। उच्च ब्याजदरले सुनजस्ता ब्याज नदिने सम्पत्तिमा लगानीकर्ताको आकर्षण घटाउने भएकाले मूल्यमा दबाब परेको बताइएको छ।

कारेक्सका विश्लेषक एडवर्ड मेयरका अनुसार उच्च महँगी, ब्याजदर वृद्धिको सम्भावना र अमेरिकी डलरको मजबुतीले सुनको मूल्य बढाउने परम्परागत आधारहरू कमजोर बनाएका छन्।

बजार सहभागीहरूले यस वर्ष अमेरिकी फेडले तीन पटकसम्म ब्याजदर बढाउन सक्ने अनुमान गरेका छन्। आगामी सेप्टेम्बरमा ब्याजदर वृद्धि हुने सम्भावना ६४ प्रतिशत रहेको अन्तर्राष्ट्रिय बजार विश्लेषणले देखाएको छ। यसै साता सार्वजनिक हुने अमेरिकी रोजगारीसम्बन्धी तथ्यांकले फेडको आगामी मौद्रिक नीतिबारे थप संकेत दिने अपेक्षा गरिएको छ।

सुनसँगै अन्य बहुमूल्य धातुको मूल्य पनि घटेको छ। स्पट चाँदी २ प्रतिशतले घटेर प्रतिऔंस ५७.१३ डलर, प्लाटिनम १.१ प्रतिशतले घटेर १,५५७.२१ डलर तथा प्यालेडियम ०.४ प्रतिशतले घटेर १,२०८.१७ डलरमा कारोबार भएको छ।

विश्लेषक मेयरले भने वर्षको दोस्रो छमाहीमा सुनको मूल्य प्रतिऔंस ३,५०० देखि ४,४०० अमेरिकी डलरको दायरामा कारोबार हुन सक्ने अनुमान गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय