spot_img

त्रियुगामा विद्युत् समस्या समाधान गर्न जेनजी युवाको माग

spot_img
spot_img

काठमाडाैं,१६ असार । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै जेनजी युवा समूहले नेपाल विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न माग गरेको छ।

जेनजी युवा फ्रन्टका संयोजक सुरेन्द्र थापाको नेतृत्वमा गएको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र बुझाउँदै विद्युत् सेवा अविलम्ब नियमित गर्न आग्रह गरेको हो।

ज्ञापनपत्रमार्फत दैनिकजसो हुने विद्युत् अवरोधका कारण सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै बैंक, सरकारी कार्यालय तथा अन्य सेवा प्रवाह गर्ने संस्थाहरूको कामसमेत प्रभावित भएको उल्लेख गरिएको छ।

जेनजी युवाका जिल्ला सचिव प्रवेश खड्काले बारम्बार विद्युत् जाने समस्याका कारण सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपरेको र यसबारे जनगुनासो बढ्दै गएको बताए। उनले विद्युत् सेवा नियमित बनाउन आवश्यक पहल गर्न प्राधिकरणको ध्यानाकर्षण गराइएको जानकारी दिए।

ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत् प्राधिकरणका कार्यालय प्रमुख मनोजकुमार झाले पछिल्ला दिन लगातार हावाहुरीका कारण विद्युत् लाइनमा समस्या उत्पन्न हुँदै आएको बताए। उनले अवरुद्ध विद्युत् सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न प्राधिकरणले निरन्तर मर्मत तथा सुधारको काम गरिरहेको जानकारी दिए।

give m

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय