spot_img

प्रसौनी बिर्ताको नयाँ बस्तीमा २०० मिटर सडक ढलान निर्माण सुरु

spot_img
spot_img

बीरगन्ज,१६ असार । बीरगन्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित नयाँ बस्तीमा सडक ढलान निर्माण कार्य मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ।

माउन्ट हर्मन स्कुलदेखि दक्षिणतर्फ नारायण बढईको घर हुँदै शम्भु ठाकुरको घरसम्म निर्माण हुने सडकको शिलान्यास संविधानसभा सदस्य तथा नेकपा (एमाले) मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले गरेका हुन्।

पूर्वाधार विकास कार्यालयमार्फत निर्माण हुन लागेको उक्त सडक करिब २०० मिटर लम्बाइ र १० फिट चौडाइको हुने जनाइएको छ। शिलान्यास कार्यक्रममा बोल्दै यादवले सडक ढलानको काम एक साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।

उनले सडक निर्माण सम्पन्न भएपछि नयाँ बस्तीका एक दर्जनभन्दा बढी परिवारले प्रत्यक्ष लाभ पाउने उल्लेख गर्दै स्थानीयको आवतजावत सहज हुने विश्वास व्यक्त गरे।

स्थानीयवासीका अनुसार वर्षायाममा सडक हिलाम्मे हुँदा आवागमनमा ठूलो समस्या हुने गरेको थियो। सडक ढलान भएपछि हिलोको समस्या हट्नुका साथै सवारीसाधन सञ्चालन र दैनिक आवतजावतमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

लामो समयदेखि माग गरिएको सडक निर्माणको काम सुरु भएपछि स्थानीयवासीले खुशी व्यक्त गर्दै निर्धारित समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय