spot_img

पर्साको सीमा क्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

वीरगन्ज,१६ असार । पर्साको विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रसौनीभाठ्ठा र बोर्डर आउट पोस्ट अमरपट्टीबाट खटिएको संयुक्त पैदल गस्ती टोलीले मंगलबार बिहान करिब २ बजे सीमा क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी अन्दाजी ५८ वर्षीय मनोहर सहनी रहेका छन्। उनी भारततर्फ जाँदै गरेको अवस्थामा बोकेको प्लास्टिकको बोराको जाँच गर्दा दुई पोकामा राखिएको करिब ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थसहित सहनीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

सीमा क्षेत्रबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित गस्ती र निगरानीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय