spot_img

मन्त्री यादवको कडाइपछि दुई सातामै औद्योगिक क्षेत्रको ४२ करोडभन्दा बढी बक्यौता असुल

spot_img
spot_img

काठमाडौं,१६ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौंदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँभन्दा बढी भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।

मन्त्री यादवले लामो समयदेखि भाडा नतिरी बसेका उद्योग तथा कार्यालयबाट तत्काल बक्यौता उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएपछि रकम संकलनमा उल्लेख्य प्रगति भएको हो।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार केही उद्योगहरूले वि.सं. २०४५ सालदेखि नै भाडा तिर्न बाँकी राखेका थिए। केही दिनअघि ६ सय ३५ उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गर्दै बक्यौता बुझाउन आग्रह गरिएको थियो। त्यसपछि अधिकांश उद्योगले धमाधम बक्यौता रकम बुझाएका छन्।

बक्यौता नतिर्ने उद्योगको विद्युत् लाइन काटियो
मन्त्री यादवले तोकिएको समयभित्र भाडा नतिर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गर्न निर्देशन दिएपछि लिमिटेडले चरणबद्ध रूपमा लाइन काट्न थालेको थियो। प्रारम्भिक चरणमा २ सयभन्दा बढी उद्योगको विद्युत् लाइन काटिएकोमा बक्यौता चुक्ता गरेपछि धेरैको लाइन पुनः जडान गरिएको छ।

हालसम्म पनि भाडा नतिरेका ४५ उद्योग तथा कम्पनीको विद्युत् लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए। मन्त्री यादवले बक्यौता पूर्ण रूपमा नतिरेसम्म ती उद्योगहरूको लाइन पुनः जडान नगर्न स्पष्ट निर्देशन दिएको लिमिटेडले जनाएको छ।

बक्यौता धेरै रहेका उद्योगमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिले करिब ३ करोड ६९ लाख रुपैयाँ तथा सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिले करिब १ करोड रुपैयाँ भाडा तिर्न बाँकी रहेको छ। यी दुवै कम्पनीको विद्युत् लाइन काट्ने प्रक्रिया पनि अघि बढाइएको लिमिटेडले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय