spot_img

पार्टी एकताको सम्भावना छैन : ओली

spot_img
spot_img

काठमाडौं,१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल कुनै पनि दलसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पार्दै नेता–कार्यकर्तालाई त्यस्तो भ्रममा नपर्न आग्रह गरेका छन्। उनले लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउन भने लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिबीच कार्यगत एकतासहित संयुक्त सङ्घर्ष आवश्यक रहेको बताएका हुन्।

मंगलबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा बोल्दै ओलीले एमालेले समूहगत वा संस्थागत रूपमा कसैसँग पार्टी एकता नगर्ने स्पष्ट पारे। उनले पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई भने उदारतापूर्वक समेटिने बताए।
ओलीले विगतका पार्टी एकताहरू स्वार्थ, गठजोड र राजनीतिक दाउपेचबाट प्रभावित भएको टिप्पणी गर्दै एकतामा सिद्धान्त, विश्वास र पवित्रता आवश्यक पर्ने धारणा व्यक्त गरे।

उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनलाई २०८२ भदौ २३ र २४ गते भएका घटनालाई वैधानिकता दिने उद्देश्यले मञ्चन गरिएको ‘नाटक’को संज्ञा दिए। साथै, गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले गोली कसले चलायो र सुरक्षा संयन्त्र किन निष्क्रिय बन्यो भन्ने मूल प्रश्नको उत्तर नदिएकाले घटनाको सत्य ढाकछोप गर्न आयोग गठन गरिएको दाबी गरे।

ओलीले वर्तमान परिस्थितिमा पार्टीभित्र अझ सुदृढ एकता आवश्यक रहेको उल्लेख गर्दै बाह्य चुनौतीको सामना गर्दै एमालेलाई थप बलियो बनाउन नेता–कार्यकर्ताबाट रचनात्मक सुझाव दिन पनि आग्रह गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय