spot_img

आर्थिक संकटले पोखरिया नगरपालिका थलियो, कर्मचारीको आठ महिनाको तलब रोकियो

spot_img
spot_img

पोखरिया,१६ असार । पोखरिया नगरपालिकामा कर्मचारीहरूको तलब विवाद अझै समाधान हुन सकेको छैन। आर्थिक संकटका कारण लामो समयदेखि तलब नपाएका कर्मचारीहरू अझै पारिश्रमिकको प्रतीक्षामा छन्।

नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएपछि दुई महिनाको तलब वितरण गरिए पनि स्थायी तथा करार सेवाका कर्मचारीको अझै आठ महिनाको तलब भुक्तानी हुन बाँकी रहेको जनाइएको छ।

यसबीच, नगरप्रमुख प्रद्युम्न चौहानको कार्यकालमा नियुक्त भएका कर्मचारीको वास्तविक संख्या तथा उनीहरूको बाँकी तलबबारे स्पष्ट विवरण सार्वजनिक हुन सकेको छैन। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक–पटक नगरपालिकामा छानबिन गरी आवश्यक कागजात नियन्त्रणमा लिए पनि अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेको छैन।

अनुसन्धान प्रक्रिया लम्बिँदै जाँदा नगरपालिकाको प्रशासनिक तथा आर्थिक व्यवस्थापन थप प्रभावित बनेको स्थानीयवासीको गुनासो छ। हालसम्म पहिचान भएका करिब साढे तीन सय कर्मचारीको आठ महिनादेखिको तलब भुक्तानी हुन बाँकी रहेको बताइएको छ।

कर्मचारीहरूले शीघ्र तलब निकासा गरी समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय